नवराज उपाध्याय
बिहि, कार्तिक २७, २०८२
No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क
No Result
View All Result
नवराज उपाध्याय
No Result
View All Result

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

नवराज by नवराज
कार्तिक १८, २०८२
in लेखहरू, फारामहरू
प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) ले प्रदेश निजामती सेवा नियमावली, २०८० स्वीकृत गरेपछि लुम्बिनी प्रदेश निजामती सेवामा नयाँ अनुसूची अनुसारका फारामहरू प्रयोगमा आएका छन्। कार्यालय तथा कर्मचारीलाई आवश्यक पर्ने ती फारामहरू Edit गरेर प्रयोगमा ल्याउन सकिने गरी वेबसाइटमा उपलब्ध गराउन अनुरोध भएकोले प्रदेश सरकार मातहतका कार्यालय र कर्मचारीहरूलाई सहज होओस् भनी आवश्यक फारामहरू एकै ठाउँमा राखिएको छ। यी अनुसूची फारामहरू डानउनलोड गरेर सबैले आफ्नो आवश्यकता अनुसार टाइप (Edit) गर्न मिल्ने गरी यहाँ राख्नुका प्रमुख उद्देश्यहरू निम्न छन्ः

  • फारामहरू प्रयोगकर्तामैत्री बनाउनेः

प्रदेश राजपत्र निश्चित फन्ट साइजमा र A5 साइजको कागजमा प्रकाशन हुने भएकोले त्यहाँ राखिएका अनुसूची फारामका ढाँचाहरू डाउनलोड गरेर सोझै प्रयोग गर्न मिल्ने अवस्थाका हुदैँनन्। फरामहरूलाई प्रयोगकर्तामैत्री बनाउन फाराममा भर्नुपर्ने विवरणहरूका लागि ठिक्क मात्रामा (आवश्यकता अनुसार धेरै वा थोरै) ठाउँ राखिएको हुनुपर्छ। अझैँ प्रयोगकर्तामैत्री बनाउन त भर्नुपर्ने आवश्यक विवरणहरू टाइप गरेर प्रिन्ट गर्न मिल्ने गरी Word File अपलोड गरिएको हुनु आवश्यक छ। साथै फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू (विशेष निर्देशन) समेत उल्लेख गरेर यहाँ फारामहरूलाई प्रयोगकर्तामैत्री बनाइएको छ।

  • भाषिक शुद्धता कायम गर्नेः

नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषा तोकेको छ। सरकारी कार्यालयहरूमा प्रयोग हुने भाषा त्रुटिरहित हुनुपर्छ। त्यसका लागि कार्यालयको पत्र व्यवहारका साथै त्यहाँ प्रयोग हुने फारामहरू पनि भाषिक दृष्टिले शुद्ध हुनुपर्छ। फरक फरक कर्मचारीहरूबाट फारामहरू तयार गर्ने क्रममा अधिकांश फारामहरूमा विभिन्न भाषिक त्रुटिहरू प्रशस्त देखिने गरेको वर्तमान परिप्रेक्ष्यमा भाषिक दृष्टिले त्रुटिरहित फारामहरू सबैको पहुँचमा पुर्याएर प्रयोग गर्न दिँदा भाषिक शुद्धता कायम गर्न सहयोग पुग्ने हेतुले फारामहरू Word File मा अपलोड गरिएको छ।

  • कागजको खपत घटाउनेः

समयको विकासक्रमसँगै सरकारी कार्यालयहरूले आफ्ना नागरिकहरूलाई प्रदान गर्नुपर्ने सेवाहरू पनि नयाँ थपिँदै जान्छन्। यसका लागि नयाँ नयाँ फारामहरूको तर्जुमा गर्नुपर्ने हुन्छ। दिन प्रतिदिन कागजको खपत बढ्दो दरमा छ। फारामहरू अनावश्यक रुपमा भद्दा भए भने फारामको आकार ठुलो हुन्छ र कागजको खपत बढी हुन्छ। त्यसकारण फाराममा प्रयोगकर्ताले भर्नुपर्ने विवरण र फारामको तर्जुमा (सेटिङ) चुस्त एवं छरितो भयो भने फारामको आकार (पाना सङ्ख्या) कम हुन्छ र कागजको खपतमा कमी आउँछ। कार्यालयमा कर्मचारीले अनिवार्य भर्नुपर्ने प्रदेश निजामती सेवाका कतिपय फारामहरूलाई यहाँ चुस्त बनाएर फारामको आकार (पाना सङ्ख्या) घटाइएको छ। कर्मचारीले आफू कार्यरत पदको तहअनुसार कुनै एउटामा मात्र विवरण भर्नुपर्ने गरी तयार गरिएका कार्यसम्पादन मूल्याङ्कन फारामको पुनरवलोकन समितिको मूल्याङ्कनको अंशलाई कुनै एउटा मात्र राखेर फारामको आकार घटाइएको छ। कतिपय फारामको बिच भागमा राखिएका निर्देशनलाई सानो फन्ट बनाएर आकार घटाउने प्रयास गरिएको छ। फारामलाई प्रयोगकर्तामैत्री र सानो आकार दिएर कागजको खपतमा कमी ल्याउने आशा गरिएको छ।

ShareTweetSend
नवराज

नवराज

Related Posts

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)
लेखहरू

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

साउन ७, २०८२
कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)
लेखहरू

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

असार ३०, २०८२
गण्डकी प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province)
फारामहरू

गण्डकी प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province)

असार २९, २०८२

Discussion about this post

पछिल्ला पोस्टहरू

  • प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini) कार्तिक १८, २०८२
  • निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application) साउन ७, २०८२
  • कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali) असार ३०, २०८२
  • गण्डकी प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province) असार २९, २०८२
  • लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाका फारामहरू (Local Service Forms: Lumbini) बैशाख ७, २०८२

क्याटेगोरी

  • डाउनलोड्स (26)
    • फाइलहरू (7)
    • फारामहरू (23)
  • निजामती सेवा (17)
  • बिचारहरू (4)
  • लेखहरू (7)

वेबसाइटको बारेमा

नवराज उपाध्याय

निजामती कर्मचारी तथा अन्य राष्ट्रसेवकलाई आवश्यक पर्ने फारामहरू तपाइँले सजिलै, एकै ठाउँ, यस वेबसाइटमा पाउन सक्नुहुन्छ।

सम्पर्क गर्नुहोस्

मलाई सम्पर्क गर्न दिइएको इमेलमा मेल गर्न सक्नुहुन्छ।
contact@navarajupadhyay.com.np
अथवा यो फाराम भर्नुहोस्।

सम्पर्क गर्नुहोस्

पछिल्ला पोष्टहरू

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

No Result
View All Result
  • होमपेज
  • लेखहरू
  • डाउनलोड्स
    • फाइलहरू
    • फारामहरू
  • सम्पर्क

© २०८१ - नवराज उपाध्याय

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.