प्रदेश निजामती सेवा नियमावली, २०७९ को नियम ६० को उपनियम (१) अनुसार गण्डकी
प्रदेश निजामती सेवाका कर्मचारीहरूले मूल्याङ्कन अवधि समाप्त भएको ७ दिनभित्र आफूले
सम्पादन गरेका कामहरूको मूल्याङ्कनका लागि अधिकृत सातौँ तहदेखि माथिका निजामती
कर्मचारीले अनुसूची २२ को ढाँचामा अर्धवार्षिक तथा वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम
र अधिकृत छैटौँ र सहायकस्तरका कर्मचारीले अनुसूची २१ को ढाँचामा वार्षिक कार्यसम्पादन
मूल्याङ्कन फाराम भरी सुपरिवेक्षक समक्ष पेस गर्नुपर्दछ।
फाराम भर्ने निर्देशिका सहितको कार्यसम्पादन मूल्याङ्कन फारामहरू यहाँ प्रस्तुत गरिएको छ।
फारामहरूलाई प्रयोगकर्तामैत्री र भाषिक दृष्टिले शुद्ध बनाउन अधिकतम प्रयास गरिएको छ।
फाराम भर्ने सहजताको लागि Word File (.docx) आवश्यक परेमा आफूलाई आवश्यक परेको
फारामको तह र अनुसूची खुलाएर तलको इमेलमा लेखी आएमा Word File पठाउन सकिनेछ।
Discussion about this post