फारामहरू
सरकारी सेवाको छनौटमा सफल भएका उम्मेदवारहरूले नियुक्ति लिनुअघि सम्बन्धित कानुनमा तोकिएको ढाँचामा आफू निरोगी भएको र तोकिएको पदमा काम गर्न शारीरिक दृष्टिले सक्षम भएको प्रमाण (निरोगिताको प्रमाणपत्र) नियुक्ति दिने अधिकारीसमक्ष पेस गर्नुपर्दछ। तोकिएको सेवा सञ्चालन गर्ने सबै नियमावलीहरूको अनुसूची अनुसार निरोगिताको प्रमाणपत्र फरक फरक हुन्छ। यहाँ निजामती सेवा नियमावली, २०५० तथा स्वास्थ्य सेवा नियमावली, २०५५ र शिक्षा नियमावली, २०५९ का अनुसूचीमा उल्लेख भएका निरोगिताका प्रमाणपत्रहरू सम्बन्धित सेवामा नवप्रवेशीहरूको सहजताका लागि राखिएको छ। आवश्यकता अनुसार PDF र Word फाइल डाउनलोड गरी लाभ लिन सक्नुहुनेछ।




![शपथ ग्रहण फाराम (Oath Taking Form) [निजामती सेवा, स्वास्थ्य सेवा र शिक्षकको छुट्टाछुट्टै]](https://navarajupadhyay.com.np/wp-content/uploads/2022/07/शपथ-ग्रहण-75x75.png)
Discussion about this post