सरुवा/बढुवा भई नयाँ कार्यालयमा हाजिर हुन रमाना भएको वा नयाँ नियुक्ति पाई पदस्थापना भएको कार्यालयमा हाजिर हुन रमाना भएको कर्मचारीले आफ्नो साथमा लैजाने परिवारका सदस्यहरुको विवरण म.ले.प.फा.नं. ९०६ अनुसार प्रमाणित गरी राख्नुपर्दछ।
भ्रमण खर्च नियमावली, २०६४ को नियम १० को उपनियम ३ (घ) अनुसार रमाना भई जाने कर्मचारीलाई परिवार साथमा लैजाने प्रयोजनका लागि निज कर्मचारीले पाउने भ्रमण खर्च तथा दैनिक भत्ता बराबरको रकम परिवारका प्रत्येक सदस्यलाई समेत जनही रुपमा दिनुपर्नेछ। साथै कर्मचारीले फुटकर खर्च बापत एकमुष्ट रुपमा रु.२०००/- पाउने छ।
“परिवार” भन्नाले पदाधिकारी वा कर्मचारीको एकासगोलको पति वा पत्नी र निजमा आश्रित दुई जनासम्म छोरा वा छोरी सम्झिनु पर्छ र सो शब्दले पदाधिकारी वा कर्मचारीको एकासगोलको बाबु, आमा र महिला पदाधिकारी वा कर्मचारी भए सासु, ससुरा समेतलाई जनाउँनेछ ।
पारिवारिक म.ले.प. फाराम आफूले चाहेजसरी PDF वा Excel मा प्राप्त गर्न यहाँबाट डाउनलोड गर्नुहोस्।
Discussion about this post