हाल कार्यरत कार्यालयबाट अर्को कार्यालयमा सरुवा/बढुवा भएको सरकारी कर्मचारीले आफ्नो जिम्मामा रहेको सरकारी नगद, जिन्सी लगायत महत्वपूर्ण कागजात (Software User, Data समेत) सरुवा/बढुवा पत्र बुझेको मितिले २१ दिनभित्र बरबुझारथ गरी नयाँ कार्यालयमा हाजिर हुनको लागि रमाना हुनुपर्नेछ। आवश्यकता अनुसार कर्मचारीले रमानाको लागि बाटोको म्याद बाहेक ७ दिन तयारी समय पाउँदछ।
रमानापत्रको साथै कर्मचारीले परिवारको भ्रमणभत्ताको अभिलेख पनि कार्यालयबाट प्रमाणित गराई लैजानुपर्दछ।
सरकारी कर्मचारीहरु सरुवा/बढुवा भई जाँदा साबिकको कार्यालयबाट लिनुपर्ने विस्तृत विवरणसहितको पत्र।
रमानापत्र आफूले चाहे जसरी PDF वा Word File मा प्राप्त गर्न यहाँबाट डाउनलोड गर्नुहोस्।
Discussion about this post