शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३२घ को उपनियम (७) अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको मितिले ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापक/सुपरिवेक्षकलाई बुझाउनु पर्दछ। शिक्षक सेवा आयोग नियमावली, (एघारौँँ संशोधन २०७८) को अनुसूची १ अनुसारको परिमार्जित शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न सजिलो हुने गरी यहाँ प्रस्तुत गरिएको छ।
Discussion about this post